नियम ८१
निबृत्तिभरण सम्बन्धी कार्यविधि
: (१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निबृित्तभरण पाउने गरी अवकाश प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका सम्बन्धमा त्यसरी अवकाश पाउने मिति भन्दा छ महिना       अगावै सशस्त्र प्रहरी किताबखानाले सम्बन्धित विभाग, कार्यालय वा युनिटमा अवकाशको सूचना पठाउनु पर्नेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीले सेवाबाट अलग भएको मितिले छ महिना भित्र आफु काम गरेको सशस्त्र प्रहरी कार्यालय मार्फत प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखामा निवेदन   दिनुपर्नेछ ।
(३) मृत्यु हुने सशस्त्र प्रहरी कर्मचारीको परिवारको नजिकको व्यक्तिले सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएको सामान्यतया छ महिनाभित्र सम्बन्धित सशस्त्र प्रहरी कार्यालयमा निवेदन दिनु पर्नेछ र त्यसरी प्राप्त निवेदन सम्बन्धित सशस्त्र प्रहरी कार्यालयले प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखामा पठाउनु पर्नेछ ।